
विराटनगर । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई इटहरीमा बिहीबार एक कार्यक्रमका बीच नागरिक अभिनन्दन गरिएको छ ।
उज्यालो नेपाल अभियान चलाइरहेका घिसिङलाई इटहरीमा नागरिक अभिनन्दन गरिएको हो ।
इटहरी उपमहानगरपालिका– २ देवीथानमा स्वतन्त्र नागरिक समाज र त्यहाँका स्थानीयले घिसिङलाई अभिनन्दन गरेका हुन् ।
यसअघि बुधबार इटहरीकै हटिया लाइनमा ‘उज्यालो संवाद’ कार्यक्रम आयोजना गरिएको थियो ।
घिसिङ यसअघि बहराइन, ओमन, युएई, कतारलगायतका देशसमेत पुगेका थिए ।























