
काठमाडौं । सत्तारुढ दल भित्र खटपाट भइरहेका बेला नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले भेटवार्ता गरेका हुन् ।
उनीहरुबीच करिब २ घण्टा छलफल भएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।
वर्तमान सरकारसँग डाक्टर कोइराला असन्तुष्ट छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र पनि सरकारको कार्यशैली प्रति असन्तुष्ट छ । उनीहरुबीच सरकारको पछिल्लो गतिविधि र भावी योजनाका विषयमा छलफल भएको बताइएको छ ।
























