वाईसीएल प्रदेश समितिको श्रम अभियान

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १, बिहीबार १९:३६

धरान । वाईसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियान सुरु गरेको छ ।

वाईसीएल सुनसरीको सहकार्य र वाईसीएल धरान उपमहानगर समिति व्यवस्थापनमा धरानस्थित कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गरी अभियानको उद्घाटन गरिएको हो ।

प्रदेशको १४ जिल्लामध्ये १० जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुरमा विभिन्न कार्यक्रम गरी यो अभियान सुरु भएको वाईसीएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।

वाईसीएल इलामको आयोजनमा माई नगरपालिका २–४ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वृक्षारोपण, बेसार रोपन गरिएको छ ।

माओवादी केन्द्र निकट वाईसीएलले आजदेखि देशभर ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको हो । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृक्षारोपण, इँटालगाउने, नाली सफा गर्ने, चौरको घाँस काटेर अभियानको उद्घाटन गरेका हुन् ।

गत असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउन र भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.