शनिबार रातिदेखि भारी वर्षाकाे सम्भावना

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार १४:४०

काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्‌हरुले बताएका छन्  ।

भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले शनिबार रातिदेखि सोमबारसम्म देशभर नै भारी वर्षा हुने प्रक्षेपण छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद्‌ सन्जिव अधिकारीका अनुसार आज र भोलि दिउँसोसम्म अवस्था सामान्य रहनेछ । शनिबार रातिदेखि वर्षाको सम्भावना छ ।

पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्नेछ ।

वर्षाको मात्रा बढ्दा बाढी आउन सक्ने भन्दै मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहितका ३६ जिल्लामा ‘अलर्ट’ जारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.