
विराटनगर । झापाको बिर्तामोड नगरपालिका– २ मा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका– ४ भाङबारी ३५ वर्षीय दिपक पाण्डे मृत्यु भएको हो ।
उनी विद्युत प्राधिकरणको बिर्तामोड विद्युत कार्यालयको फिल्ड तर्फ कामकाज गर्ने कर्मचारी हुन् ।
शुक्रबार दिउँसो बिर्तामोड नगरपालिका– २ पश्चिम स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई विद्युत प्राधिकरणका कर्मचारीले उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएका थिए । लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

























