
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ । उनी भदौ ३१ मा भारत जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई २ दिने भ्रमणको निम्तो आएको छ ।
३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
छोटो भ्रमण भएका कारण ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ । दुईपक्षीय सम्बन्धलाई बलियो बनाउनका लागि भ्रमण हुने बताइएको छ ।
गत चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा ओली–मोदीबीच भेटवार्ता भएको थियो ।
























