उदयपुरमा विङ्गरले ठक्कर दिँदा वृद्धाको मृत्यु

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार ०८:२५

विराटनगर । उदयपुरमा विङ्गर गाडीको ठक्करबाट १ जना वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ चुहाडेमा आइतबार दिउँसो दुर्घटना भएको हो ।

कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र ०८–००१ ज ००७१ नम्बरको विङ्गरले ठक्कर दिँदा त्रियुगा–७ की ७३ वर्षीया पोलीमाया दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनलार्य उपचारका लािग जिल्ला अस्पताल उदयपुर पुर्याउनसाथ चिकित्सकले दिउँसो ३ः३० बजेतिर मृत घोषित गरेका हुन् ।

गाडी र चालक कटारी नगरपालिका–६ का अन्दाजी ३८ वर्षीय घमाडे सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.