इटहरीमा करेन्ट लागेर वृद्धको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार ०८:४४

विराटनगर । सुनसरीको इटहरीमा करेन्ट लागेर आइतबार राति १ जना वृद्धको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरीको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार आफ्नै घरको प्यासेजमा ‘साउण्ड सिस्टम’मा चुँडिएको तार मर्मत गरी ‘प्लग’मा जोड्ने क्रममा चौधरीलाई राति ८ बजेतिर अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

करेन्ट लागेर वृद्धको घटनास्थलमै मृत्यु भएको जानकारी खतिवडाले दिए । कानुनी प्रक्रिया पूरा गरी प्रहरीले शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.