
काठमाडौं । नेपाल प्रहरीको एसपी (प्रहरी उपरीक्षक)मा बढुवाका लागि ११ जना डीएसपी (प्रहरी नायव उपरीक्षक)को नाम सिफारिस गरिएको छ ।
बढुवा समितिको सोमबार बसेको बैठकले ११ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो । डीएसपीहरु अनिलकुमार खड्का, महेश थापा, दीपेन्द्र पञ्जीयार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनील मल्ल र दीपक खड्काको नाम सिफारिस सूचीमा परेको हो ।
यस्तो छ सिफारिस सूची

























