केराबारीको क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार १०:५०

विराटनगर । मोरङको केराबारीमा रहेको एउटा क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु भएको छ ।

केराबारी गाउँपालिका–८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार गोरखाको गण्डकी गाउँपालिका घर भएका चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइएको र शव बीपी प्रतिष्ठानमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चेपाङ उक्त क्रसरमा विगत २ महिनादेखि मिस्त्रीका रूपमा कार्यरत रहेको पाइएको छ । क्रसरमा पूर्ववडाध्यक्ष मनोज खड्कालगायतको लगानी रहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.