
काठमाडौं । काठमाडौंको ठमेलबाट नगद र सुनसहित २ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान पक्राउ परेका हुन् । चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट २४ लाख नगद र २ किलोग्राम सुन बरामद भएको छ । उनीहरुले उक्त सुन र नगद कहाँबाट ल्याएका हुन् भनेर यकिन छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























