ताप्लेजुङमा हेल्लोक खोलाको बाढीले बेलिब्रिज बगायाे

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार ०८:५८

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका – ५ स्थित हेल्लोक खोलाको बेलिब्रिज बाढीले बगाएको छ । मंगलबार रातीको भारी वर्षासँगै आएको बाढीले बेलिब्रिज बगाएकाे हाे ।

मंगलबार राति १२ बजेदेखि बिहान ४ बजेसम्म सो क्षेत्रमा भारी वर्षा भएको थियो । वर्षासँगै खोलामा आएको बाढीले वडा नंबर ५ र ६ जोड्ने बेलिब्रिज बगाउँदा आवत जावत बन्द भएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।

४ बर्ष अघि रेमिट हाइड्रोले करिब ५ करोडको लागतमा बेलिब्रिज निर्माण गरेको थियो । बेलिब्रिज निर्माण पछि फक्ताङलुङ गाउँपालिका – ५ तापेथोक र ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला, घुन्सासहितका क्षेत्रमा आवतजावत सहज भएको थियो ।

उनका अनुसार रातभरको भारी वर्षाका कारण ताप्लेजुङ भएर बग्ने तमोर नदीसहित विभिन्न खोलामा बाढी आएको छ । यस्तै वडा नंबर – ६ लेलेपमा रहेको फाङ्बारी विद्यालय नजिकैबाट पहिरो पनि झरेको छ । पहिरोका कारण कुनै मानविय क्षति नभए पनि आसपासका स्थानमा जोखिम बढेको छ ।

उक्त स्थानमा अघिल्लो वर्ष पनि पहिरो झरेको थियो । ताप्लेजुङ पहिरोको उच्च जोखिममा पर्ने जिल्ला रहेको विभिन्न अध्ययनले देखाएको छ । मंगलबार रातीको वर्षापछि तमोर नदीमा पानीको बहाव बढेकाले तटिय क्षेत्रमा सतर्ककता अपनाउन स्थानीय प्रशासनले तटिय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.