पार्टीमा काम चाहियो, पद होइन : बामदेव गौतम

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार १०:५१

काठमाडौं । भर्खरै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता बामदेव गौतमले पार्टीमा पद नभइ काम दिन आग्रह गरेका छन् । काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने पनि उनले बताए ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।

काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताए । ‘ मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ उनले भने, ‘मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्‍याउनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.