प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन, प्रश्नोत्तर कार्यक्रम मात्रै हुने

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार १४:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभामा हुने भनिएको विशेष सम्बोधन अन्तिम समयमा आएर स्थगन गरिएको छ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले बुधबारको बैठकका लागि तय गरिएको प्रधानमन्त्रीको सम्बोधन अर्को दिनका लागि सारिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले संसद बैठकमा विशेष सम्बोधन गर्ने तयारी भए पनि कार्यसूची परिमार्जन गरी उक्त कार्यक्रम स्थगन गरिएको हो।

तर, बर्तौलाका अनुसार कार्यसूचीमा समावेश गरिएको ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम’ भने पूर्वनिर्धारित रूपमा यथावत् सञ्चालन हुनेछ। यसअघि विशेष सम्बोधनका लागि ओलीले के विषय उठाउने तयारी गरेका थिए भन्ने बारेमा आधिकारिक जानकारी दिइएको छैन।

यद्यपि, हालको राजनीतिक परिदृश्य, सरकार सञ्चालन, बजेट कार्यान्वयन र दलहरूबीचको सम्बन्धका विषयमा ओली धारणा सार्वजनिक गर्ने तयारीमा रहेको अनुमान थियो । संसदको आगामी कार्यसूचीमा प्रधानमन्त्रीको सम्बोधन कहिले तय गरिने भन्नेबारे स्पष्ट पारिएको छैन।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.