
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । बुधबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले अधिवेशन रोक्न अल्पकालीन आदेश जारी गरेकाे हाे । अदालतले साउन १२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
रास्वपाको अधिवेशन साउन १० गतेका लागि तय भएको थियो । नगर अधिवेशन स्थगित गर्नुपर्ने माग गर्दै विष्णुबहादुर बस्नेतले रिट दायर गरेका थिए । अदालतले अधिवेशन रोक्न बुधबार अल्पकालीन आदेश जारी गरेको हो ।
रिट निवदेक बस्नेतलाई केन्द्रीय अनुशासन समितिले इटहरी उपमहानगरपालिको रास्वपा सभापति पदबाट निलम्बन गरेको थियो ।
नगर सभापति बस्नेतलाई निलम्बन गरेको समयमा अधिवशेन गर्न नहुने तर्क जिल्ला, नगर तहका असन्तुष्ट नेताहरुले बताएका थिए । नगर अधिवेशनका संयोजकका महेश थापालाई केन्द्रले तोकेको थियो ।

























