सुनसरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु, एक गम्भीर घाइते

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार १८:३४

विराटनगर । सुनसरीको इनरुवामा निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लाग्दा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका– ३ मा मोहमद कैजुव मियाको नयाँ बन्दै गरेको तीन तले घरमा काम गर्ने क्रममा बुधबार बिहान ११ बजे दुई जनालाई करेन्ट लागेको थिया ।

घरको छत ढलानका लागि फलामको डण्डी मिलाउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन पुग्दा बर्जु गाउँपालिका– ६ बस्ने ३५ वर्षीय नन्दकुमार चौधरी र गढी गाउँपालिका– ३ बस्ने ३२ वर्षीय श्रवण चौधरीलाई करेन्ट लागेको थियो ।

प्रहरीले घाइते दुवै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, सुनसरी पुर्‍याएको थियो । अस्पतालमा उपचारको क्रममा नन्दकुमार चौधरीको मृत्यु भएको हो । अर्का घाइते श्रवण चौधरीको अवस्था गम्भीर छ । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.