
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेपछि उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
उनको सचिवालयका अनुसार पूर्वराष्ट्रपति भण्डारीले आज साउन ९ गते दिउँसो ३ बजे कार्की पार्टी प्यालेस, बबरमहलमा विशेष पत्रकार सम्मेलन गर्ने छिन ।
मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको थियो ।
























