विधेयक फिर्ता भएपछि सभामुखले भेटे राष्ट्रपति

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार ११:३०

काठमाडौं । सभामुख देवराज घिमिरेले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। शुक्रबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले बिहीबार संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमै फिर्ता गरेका थिए । राष्ट्रपति पौडेलले सुझावसहित विधेयक प्रतिनिधि सभामा फिर्ता गरेको भोलिपल्ट घिमिरे शीतल निवास पुगेका थिए ।

भेटमा सभामुख घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेकोसमेत बताएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.