दलमा अविश्वासको प्रस्ताव दर्ता पछि बागमतीका ४ मन्त्री पदमुक्त

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार २२:०८

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ४ मन्त्रीलाई पदमुक्त गरेका छन् । ४ मन्त्रीलाई शुक्रबार बेलुका पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका हुन् ।

लामाविरुद्ध बागमती कांग्रेसका २१ प्रदेशसभा सदस्यले शुक्रबार संसदीय दलमा समेत अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीले राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका मुख्यमन्त्री लामासँग रुष्ट बनेका उनीहरु पनि कांग्रेसकै हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.