
राजविराज । सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । करेन्ट लागेर शनिबार बिहान पति–पत्नीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँका बालेश्वर खंग मण्डल र उनकी पत्नी रामकुमारी खंगको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीटी रिक्सा चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो ।
पतिलाई जोगाउन जाँदा रामकुमारीलाई पनि करेन्ट लाग्यो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























