ताप्लेजुङमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु 

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार १२:००

विराटनगर । ताप्लेजुङको फावा खोलामा आइतबार भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर अर्को १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फुङलिङ नगरपालिका– ११ स्थित फावा खोलामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्को १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिका –३ सिकैचास्थित सरस्वती माविकी शिक्षिका भावना बिक सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान फुङलिङबाट सिकैचातर्फ जाँदै गरेको गाडी फावा खोलाको बनपाला भन्ने स्थानमा दुर्घटनामा भएको हो । दुर्घटनामा परी सवारी चालक फावा खोलाका सविन विष्ट घाइते भएका छन् ।

सवारी सडकबाट करिब १ सय मिटर तल झरेको थियो । गाडी सवार अन्य मानिसहरू यस अघि नै विभिन्न स्थान झरेको र अन्तिममा बिक र चालक मात्रै रहेका थिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.