लुम्बिनीमा लोसपाबाट पाण्डे मन्त्री, भोलि शपथ

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ११, आइतबार १८:४७

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद सन्तोष पाण्डे लुम्बिनी प्रदेशको मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुनेछ ।

पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।

वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.