अझै भेटिएनन् गोसाइँकुण्डमा बेपत्ता मोरङका सुजन र मनोज

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार ०९:०५

विराटनगर । गोसाइँकुण्डमा नुहाउने क्रममा बेपत्ता भएका मोरङका २ युवकको खोजी कार्य आज पनि विहानैबाट जारी रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेहरूमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङकै बेलबारी नगरपालिका निवासी मनोज न्यौपाने छन् ।

तीर्थयात्राका लागि पुगेका ती युवा गहिरो स्थानमा स्नान गर्न कुण्डमा पसेपछि डुबेको आशंका गरिएको छ ।

घटनापछि सुरक्षासम्बन्धी निकायले खोजी कार्य तीव्र बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूको टोली आइतबार नै घटनास्थलतर्फ पठाइएको छ ।

हाल कुण्ड आसपास र पानीको गहिराइमा खोजी कार्य जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.