राधाकृष्ण रथयात्रामा  लाखौँ भक्तजन सहभागी हुने 

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार १९:२३

विराटनगर । विराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा रहेको छ ।

भदौ १ गते निकाल्ने रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको सोमबार विराटनगरमा राधाकृष्ण रथ यात्रा समितिले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो ।

कृष्णा जन्माष्टमीको भोलिपल्ट विराटनगरमा  राधाकृष्ण सवार रथ यात्रा गर्ने चलन रहेको छ ।

भारतको उडिसाको जगन्नाथपुरीमा राधाकृष्णको रथ यात्रा एसिया पहिलो ठुलाे र विराटनगरको दोस्रो ठुलो रथ यात्राको रूपमा मानिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

विराटनगर –१ राधाकृष्ण मन्दिरबाट निस्कने रथ यात्राले महानगरको करिब ९ किलोमिटर दुरीको यात्रा तय गर्ने छ ।

विराटनगरको रथ यात्रामा छिमेकी देश भारतको विहार, पश्चिमबंगाल, कोशी प्रदेशका विभिन्न जिल्लाका साथै मधेस प्रदेशबाट भक्तजनहरू सहभागी हुने गरेका छन् ।

वि. सं. १९८८ सालदेखि सुरु खट यात्राको ९४ औँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको राधाकृष्ण मन्दिर कार्य समिति अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

रथ यात्राको उचाइ २१ फिट ३ इन्च, चौडाइ १४ फिट, लम्बाइ १९ फिट र जुवाको भाग ८ फिट रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.