माओवादी केन्द्र र नेकपा एसबीच पार्टी एकताको गृहकार्य

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १३, मंगलबार १५:०२

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको गृहकार्य सुरु भएको छ । दुई दलका शीर्ष नेताले पार्टी एकताको गृहकार्य गरेका हुन् ।

पार्टी एकताकै लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालबीच पटकपटक छलफल भएको छ ।

नेकपा एकीकृत समाजवादी उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताए । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएको बताएका हुन् । तर पार्टी भने एकताका लागि तयार नरहेको उनले बताए ।

‘माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ । तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं,’ ज्वालाले भनेका छन्, ‘बरु समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.