विश्वास गुमाएका लामाले पनि दर्ता गराए उम्मेदवारी

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार ११:३२

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामाको पनि उम्मेदवारी परेको छ ।

हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर बुधबार मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दनराज काफ्ले र रामकुमार पहाडी छन् ।

संसदीय दलको नेतामा यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । संसदीय दलको नेता छान्न आज (बुधबार) नै चुनाव गर्ने कांग्रेसको तयारी छ । लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । मतविभाजन हुँदा उनले विश्वास गुमाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.