इन्द्र बानियाँ कांग्रेस बागमती संसदीय दलको नेता

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार १६:४४

हेटौंडा । इन्द्र बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बुधबार निर्वाचित भएका छन् ।

रिक्त नेता चयनका लागि हेटौंडामा सम्पन्न संसदीय दलको निर्वाचनमा कुल ३७ मत खसेको थियो । बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरेका छन् । १ मत भने बदर भएको बताइएको छ ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् ।

यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित भएको थियो ।

संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन् । २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए । संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.