माओवादीले तय गर्यो स्थायी कमिटीका एजेन्डा

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १४, बुधबार १७:४५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ ।

माओवादीको स्थायी कमिटी बैठक साउन १६ गते शुक्रबारबाट सुरु हुँदैछ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले आगामी स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

उनका अनुसार ठूलो कमिटीको बैठक बस्नुअघि एजेन्डा तय गरिन्छ । त्यस्तै, पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाको विषयलगायतमा छलफल गर्ने एजेन्डा तय भएको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.