
विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज (बिहीबार) बिहान गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते चालक विश्वकर्माको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























