
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा फर्जी कागज बनाएर थुनामा पठाउने न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेश सदर भएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतको मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर चौधरीलाई थुनाएका थिए ।
जेठ ५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
























