वृद्धवृद्धालाई खीर 

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार १९:४८

विराटनगर । विराटनगर –९ मा रहेको नेपाल ग्रामीण विकास समाज केन्द्रले बिहीबार साउन १५ गते ‘खीर दिवस’को अवसरमा वृद्धवृद्धाहरूलाई खीर खुवाएर विशेष कार्यक्रम आयोजना गरेको छ ।

नेपाल ग्रामीण विकास समाज केन्द्रको भवनमा आयोजित यस कार्यक्रममा ब्रह्मज्ञानी विश्रामालय र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको पनि सहकार्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद अमनलाल मोदी, समाजका अध्यक्ष मणिकुमार अर्ज्याल, मानवअधिकारकर्मी सुबोध प्याकुरेल र भरतराज शर्मालगायतले वृद्धवृद्धालाई सम्मान गर्नुपर्ने बताए ।

सो कार्यक्रममा १ सयभन्दा बढी वृद्धवृद्धाले खीर ग्रहण गरेका थिए । समाजले खीर दिवसको अवसरमा यस्तो कार्यक्रम आयोजना गर्नुका साथै दैनिक रूपमा वृद्धवृद्धाका लागि निःशुल्क फिजियो सेवा, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन र हप्तामा एक पटक भजन कीर्तनलगायतका गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

नेपाली परम्परामा विभिन्न महिनाको १५ गते विशेष परिकार बनाएर खाने चलन छ ।

असार १५ गते दही चिउरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, र माघ १५ गते मालपुवालगायतका चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने प्रचलन रहेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ । यसै परम्परालाई निरन्तरता दिँदै समाजले यो कार्यक्रम आयोजना गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.