संगठन निर्माणमा प्रचण्डको जोड

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १६, शुक्रबार १९:३०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणमा जोड दिएका छन् ।

सरकार बनाउने र भत्काउने खेलमा नभएर संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने उनले बताए । पार्टीको शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार्फत संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनुपर्ने बताए ।

माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक कुरा पार्टीभित्रै समाचार गर्न र बाहिर नलैजान आग्रह गरेका छन् । सरकार बनाउने रभत्काउनेमा अहिले कुनै जमर्को गर्न आवश्यक नभएको पनि प्रचण्डले प्रष्ट पारेका छन् ।

पौडेलका अनुसार पार्टीको स्थगित अभियान वर्षा सकिएपछि सुरु गर्ने त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने विषयमा छलफल भएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन मिति तय गर्ने उनले बताए ।

समाजवादी मोर्चालाई बलियो बनाउने गरी पार्टी लागिपरेको भन्दै उनले मोर्चाबीच एकीकरणको प्रयास पनि भइरहेको जानकारी दिए । माओवादीको स्थायी कमिटी बैठक ३ दिनसम्म चल्ने पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.