
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार दिउँसो प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए ।
भेटवार्तामा भएका छलफलका विषयहरू भने खुलाइएको छैन ।
राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणका लागि आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा फिर्ता पठाएका थिए ।
उनले फिर्ता पठाएको विधेयक साउन १९ गते सोमबार प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ । विधेयक पेश गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
























