शेरबहादुरसँग ३ बुँदे सहमतिपछि बहादुर राजीनामा दिन तयार

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १७, शनिबार १८:३३

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा तयार भएका छन् । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमति भएपछि भोलि राजीनामा दिन तयार भएको छलफलमा सहभागी सांसद रामकृष्ण चित्रकारले जानकारी दिए ।

संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा उनी थिए ।

सांसद चित्रकारका अनुसार बुढानीलकण्ठमा लामाले भोलि मुख्यमन्त्रीले राजीनामा दिने, उनले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाउने सहमति भएको हो ।

दलको नेतामा पराजित भएपछि पनि मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको शपथ भने भएको छैन । यो सहमतिपछि बानियाँ नेतृत्वको सरकारमा उनीहरूको सहभागिता निश्चित भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.