एमाले विराटनगर : १४ वडामा सर्वसम्मत नेतृत्व, ३ वटामा निर्वाचन

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १७, शनिबार १८:३४

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको १९ वटा वडा कमिटी मध्ये १४ वडा कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका लागि ३ वटा वडामा मतदान भएको छ ।

नेकपा एमालेले आज एकै दिन १९ वटै वडाको अधिवेशन आयोजना गरेको थियो । तेश्रो वडा अधिवेशनमा १४ वटामा सर्वसम्मत वडा कमिटी चयन भएको हो ।

महानगरका ३ वटा वडामा मतदान प्रकृया अघि बढेको एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिए । उनका अनुसार वडा नम्बर ७ र ९ को वडा अधिवेशन स्थगित भएको छ ।

तेश्रो वडा अधिवेशनबाट वडान नंं १ को अध्यक्षमा इश्वर रिजाल, वडा नम्बर २ को अध्यक्षमा प्रविणचन्द्र कर्ण, ३ को अध्यक्षमा इश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी चयन भएका छन् ।

वडा नम्बर ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्वत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी अध्यक्ष चयन भएका छन् । विराटनगरको वडा नम्बर ४, १० र १४ को नेतृत्वका लागि भने मतदान प्रक्रिया अघि बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.