
हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वकीय सचिवमार्फत राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।
लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् । लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएको बताइएको छ ।
बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौंडा आइसकेका छन् ।
























