कुलिङ पिरियड छानविन प्रतिवेदन सभामुखलाई

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार १४:३२

काठमाडौं । संसदीय छानविन समितिले संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडीको छानविन गरी प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।

आज बिहान समितिबाट पारित भएको प्रतिवेदन दिउँसो सभामुख घिमिरेलाई बुझाएको हो ।

आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात् आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको थियो । यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ । जसले गर्दा उनीमाथि पदबाट राजीनामा दिन नैतिक दबाब परेको छ ।

छानबिन समितिमा कांग्रेसबाट सांसद जीवन परियार र सुशीला थिङ छन्, परियार समिति सभापति हुन् ।

नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.