प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार ०७:४५

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.