प्रधानमन्त्री स्वदेश फिर्ता

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २४, शनिबार ०६:२०

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्नगरी स्वदेश फर्किएका छन् । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली गएराति स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले ओलीलाई स्वागत गरे ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार हिजो बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली दुबई हुँदै नेपाल आइपुगेका हुन् ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.