प्रधानमन्त्रीको दाबी, ‘साढे ४ अर्ब रूपैयाँको विद्युत निर्यात गर्न सफल भयौं’

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २४, शनिबार १३:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष नेपालले करिब साढे ४ अर्ब रुपैयाँ बराबरको विद्युत् विदेश निर्यात गर्न सफल भएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत विद्युत् उत्पादन, आपूर्ति र निर्यातमा भएको प्रगति सार्वजनिक गर्दै उद्योग क्षेत्रमा समेत विद्युत् आपूर्ति बढाइएको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्ब फाइदा (आयात भन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौं ।’

उनका अनुसार अघिल्ला वर्षमा सामान्य उपभोक्ताका लागि लोडसेडिङ अन्त्य भए पनि उद्योग क्षेत्रमा आवश्यक विद्युत् आपूर्ति हुन सकेको थिएन । तर, हाल सरकारले उद्योगलाई पनि स्थिर र पर्याप्त विद्युत् उपलब्ध गराउने दिशामा कदम चालेको छ । प्रधानमन्त्री ओलीले विद्युत् निर्यातलाई नेपालको आर्थिक स्रोत विस्तार र ऊर्जा आत्मनिर्भरता हासिल गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.