बानियाँले मंगलबार विश्वासको मत लिने, कांग्रेस एमालेको ह्वीप

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार ०९:०४

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार विश्वासको मत लिने भएका छन् । उनी साउन २० गते मुख्यमन्त्री बनेका थिए ।

बानियालाई मतदान गर्न कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेश सभा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि नै ह्वीप जारी गरिसकेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.