विराटनगरमा गाईजात्राको रौनक (फोटो फिचर)

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार १३:१३
विराटनगरमा गाईजात्राको रौनक (फोटो फिचर)

विराटनगर । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार (आज) विराटनगरलगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

विशेष गरेर गाईजात्रा नेवार समुदायले मनाउने गर्दछन् । यो जात्रा उपत्यकाबाट सुरु भएको इतिहास छ । उपत्यकाबाट सुरु भएको जात्रा नेवार समुदाय बसोबास गरेका ठाउँमा मनाउने गरिन्छ ।

मृतात्माको शान्तिको कामना गर्दै नेवार समुदायले विभिन्न झाँकीसहित यो पर्व मनाउने गर्छन् ।

यस गाईजात्रा पर्वका अवसरमा विराटनगरमा पनि विभिन्न भेषभुषामा सजिएर जात्रा निकालिएको छ ।

विराटनगरको झिःपुचबाट सुरु भएको जात्रा संसारीमाई मन्दिर हुँदै मेनरोड, तीनपैनीको बाटो भएर पोखरियास्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको छ ।

नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्व विशेषगरी नेवार समुदायले दिवंगत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गर्दछन् ।

मृत्युलाई जीवनको शाश्वत सत्यका रूपमा स्वीकार गर्ने, समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने तथा हास्यव्यंग्यमार्फत समाजमा विद्यमान विकृति, विसंगतिमाथि चोटिलो प्रहार गर्ने यस पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकबा विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आआफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनेर आदेश दिएपछि यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.