विद्यासँग रिसाएका ओलीले भने,´मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको हाेइन`

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार १७:४५
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेकाे राजनीतिमा फर्कने घाेषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग रिसाएका  प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कुनै समय फाउन्डेसनमार्फत ओलीले विद्यासँग मिलेर एमालेमा आफ्नाे समूह विस्तार गरेका थिए । भण्डारीले पार्टी अध्यक्ष बन्न चाहेकाे बताएपछि ओली उनीसँग रिसाएका छन् ।

‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ । कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ । त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । आफैं बनाएको हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.