दमकमा कपडा लोड गरिएको ट्रकमा आगलागी, ३६ लाखको क्षति

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २७, मंगलबार १३:४६

विराटनगर । झापाको दमक नगरपालिका–३ बेलडाँगीमा कपडा लोड गरिएको ट्रकमा आगलागी भएको छ । आगलागीबाट ३६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

महेन्द्र तामाङले रेडिमेड कपडा लोड गरेर आफ्नै घरअगाडि सडकमा पार्किङ गरी राखेको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा मंगलबार बिहानका राति आगलागी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगो नियन्त्रणमा लिन १ घण्टाभन्दा बढी समय लागेको थियो । स्थानीय र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार आगोले ७–८ जना व्यापारीको कपडा पूर्ण रूपले जलेर ध्वस्त भएको छ । कपडा जल्दा ३० लाख बराबरको क्षति भएको उनले बताए ।

ट्रकमा आगोले आंशिक क्षति गरेको छ । ट्रकको केही भाग जल्दा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । डीएसपी तिमल्सिना नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.