
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाको राजीनामा स्वीकृत भएको छ ।
उनले पार्टी छाडेलगत्तै राजीनामा स्वीकृत भएको हो । अध्यक्ष महन्थ ठाकुरका निकट नेता सुरेन्द्र झाका अनुसार अनिलले १ महिनाअघि दिएको राजीनामा पार्टीले स्वीकृत गरिसकेको छ ।
लामो समयदेखि पार्टी गतिविधिमा निष्क्रिय रहेका अनिल करिब ५–६ महिनादेखि कुनै बैठकमा सहभागी भएका थिएनन् । अनिल २०७४ सालको निर्वाचनमा रौतहट–१ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए ।
त्यसपछि खानेपानी मन्त्रीसमेत बने । २०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए ।
























