
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा.मुकुल ढकालको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै ढकालले दायर गरेको रिट खारेज गरेको हो ।
ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपा पदाधिकारीमा भएको हेरफेर अद्यावधिक गरेको छैन ।
























