
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार उनको पक्षमा ६३ मत प्राप्त भएको छ । विपक्षमा २२ मत प्राप्त भएको छ ।
९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बानियाँले एक सातापछि विश्वासको मत लिएका हुन् ।
























