
धनकुटा । नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी विधान महाधिवेशनका लागि सुझाव संकलन गर्न एक कार्यदल गठन गरेको छ।
धनकुटामा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सचिव राजकुमार भण्डारीको संयोजकत्वमा यो कार्यदल गठन गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले यस कार्यदलले प्रदेशका १४ वटै जिल्लाबाट आएका सुझावहरू संकलन गरी पार्टीको केन्द्रीय कमिटीमा पठाउने जानकारी दिए।
आगामी भदौ २०–२२ गते तोकिएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव पार्टीले अपानि–१२ मार्फत मातहतका कमिटीहरूमा पठाइसकेको छ।
सोही प्रस्तावमाथि थप सुझाव संकलन गर्नका लागि एमालेका विभिन्न कमिटीहरू सक्रिय भएका छन् ।
























