‘इलगा’ एसिया सम्मेलनको अजेन्डा साझा गर्दै  

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २९, बिहीबार १४:५३
‘इलगा’ एसिया सम्मेलनको अजेन्डा साझा गर्दै  

विराटनगर । ब्लु डायमन्ड सोसाइटी काठमाडौंले हालै सम्पन्न भएको इन्टरनेशनले लेस्वियन गेय एशोसिएसन (इलगा) एसिया सम्मेलनको मुख्य सन्देशहरू बुधबार विराटनगरमा सरोकारवालाहरूका माझ प्रस्तुत गरेको छ ।

सोसाइटीको सहकार्यमा काठमाडौंमा फेब्रुअरी २४ मा भएको उक्त सम्मेलनबाट प्राप्त ९ बुँदे सन्देश जनप्रतिनिधि, सरकारी निकाय र गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई जानकारी गराइएको हो ।

राइट हियर राइट नाउ विराटनगरको सहयोगमा आयोजित यस कार्यक्रममा ब्लु डायमन्ड सोसाइटीकी पिटर तामाङले जन्मजात लैंगिक पहिचानबारे महत्त्वपूर्ण जानकारी दिए ।

उनले बच्चा जन्मिँदा महिला र पुरुष मात्रै नभएर समलिंगी, अन्तरलिंगी र पारालिंगी पनि जन्मिने गरेको बताए ।

तामाङले बच्चा जन्मिने बित्तिकै लिंग पहिचान गर्दा पारालिंगी बच्चाहरूलाई पछि गएर आफ्नो पहिचान स्थापित गर्न समस्या हुने गरेको उल्लेख गरे ।

पारालिंगी बच्चाहरू सुरुमा छोरा वा छोरी जस्तो देखिए पनि उमेर बढ्दै जाँदा उनीहरूले आफूलाई ट्रान्स वुमेन वा ट्रान्स मेनको रूपमा पहिचान गर्छन् ।

पारालिंगी बच्चाहरू सुरुमा हेर्दा छोरा वा छोरी जस्तो देखिने तर उमेर बढ्दै गएपछि छोरी वा छोरीको जस्तो व्यवहार प्रदर्शन गर्दै आफूलाई ट्रान्स मेन वा वुमेनको परिचय अर्थात् पहिचान स्थापित गर्दे गरेको पिटरको भनाइ छ ।

उनले यस्तो बच्चालाई सुरुमा नै लैंगिक पहिचान दिँदा जन्म दर्ता, नागरिकतामा लिंग पहिचानको पछि गएर समस्या झेल्नु परेको सुनाए ।

समलिंगी वा पारालिंगीलाई तेस्रो लिंगीभन्दा अस्वाभाविक वा विभेदजन्य व्यवहारको अनुभूति हुने गरेको पिटरले गुनासो पोखेका थिए ।

यस कार्यक्रमले लैंगिक विविधता र यससँग सम्बन्धित कानुनी तथा सामाजिक चुनौतीबारे थप छलफलको ढोका खोलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.