फाइल तस्बिरविराटनगर । झापामा जंगली हात्तीले आक्रमण गरेको १९ दिनपछि महिलाको मृत्यु भएको छ ।
उपचारका क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ घर भइ हाल दमक नगरपालिका– १ मा होटेल सञ्चालन गर्दै आएकी ४७ वर्षीया सुनिता राई रहेको मृत्यु भएको प्रहरीले जनाएको छ । गत साउन ११ गते बिहान करिब सवा ४ बजेतिर बहिनी ४१ वर्षया कवितासँगै उनलाई हात्तीले आक्रमण गरको थियो ।
मर्निङ वाकमा जाँदै गर्दा दमक–१ बरगाछीनजिक दिदी–बहिनी हात्तीको आक्रमणमा परेका थिए । घाइतेमध्ये गम्भीर अवस्थाकी सुनिताको उपचारका क्रममा विराटनगरको न्युरो अस्प्तालमा शुक्रबार बिहानका राति २ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी बहिनी कविता यसअघि नै डिस्चार्ज भइसकेकी छन् ।

























